site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७ म्याग्निच्युडको भूकम्पले काठमाडौंमा हल्लाएको थियो २०–२५ सेकेन्ड

काठमाडौं । तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर आज बिहान ६ : ५० बजे गएको ७ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंलागत धेरै जिल्लामा महसुस भएको छ । 

भूकम्पले लामो समय हल्लाएको छ । “काठमाडौंमा २० देखि २५ सेकेन्डसम्म हल्लाएको छ,” भूकम्पविद् लोकविजय अधिकारीले बाह्रखरीसँग भने, “ठाउँमा अनुसार लामो र छोटो समय हल्लाउने हुन्छ ।” 

बलियो भूगोल भएको ठाउँमा छोटो समय र कमजोर धरातल भएको ठाउँमा लामो समय हल्लाउने उनको भनाइ छ । जति धेरै समय हल्लायो त्यति नै क्षतिको सम्भावना उच्च हुने उनी बताउँछन् । 

तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर गएको भूकम्प सगरमाथाबाट करिब ९० किलोमिटर उत्तर केन्द्रविन्दु रहेको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro