site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल जारी रहने 

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आइतबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । 

आइतबारको बैठकमा २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । आज बाँकी नेताहरूले प्रतिवेदनमाथि बोल्ने कार्यसूची छ । 

हिजोको बैठकमा तीन नेतालाई कारबाही गरिएको निर्णय सच्याउन माग गरिएको थियो । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा सच्याउनुपर्ने आवाज बैठकमा नेताहरूले उठाएका थिए । 

गत पुस १० गते एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । पाण्डे र तिम्सनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro