site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँचबुँदे घोषणापत्र जारी गर्दै काठमाडौं विश्वसम्पदा शिखर सम्मेलन सम्पन्न

काठमाडौं । काठमाडौं विश्वसम्पदा शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट पाँचबुँदे ‘केएचएस समिट २०२५’ घोषणापत्र जारी गरिएको छ ।

सहिद गंगालाल फाउन्डेसन नेपालले सम्मेलन आयोजना गरेको थियो । लुम्बिनी बौद्ध विश्वविद्यालयको बुद्ध अध्ययन संकाय, डीनको कार्यालयको शैक्षिक र प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।

घोषणापत्रमा पर्यटन क्षेत्रको पुनरुत्थान र बौद्ध शिक्षाको विकास गर्न सामूहिक प्रयासको आवश्यकता औँल्याइएको छ । “हामी मिलारेपाका पवित्र गुफादेखि लिएर नेपालको आध्यात्मिक, सांस्कृतिक र वास्तुकला सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न समर्पित छौँ,” घोषणापत्रमा भनिएको छ ।

आध्यात्मिक पर्यटनको सम्भाव्यता, वास्तुकलाको महत्त्व र चोरी भएका सांस्कृतिक कलाकृतिलाई फिर्ता ल्याउने र उचित पुनर्स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाइएको छ । “हामी नेपालको मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र पुनरुत्थान गर्न प्रतिबद्ध छौँ,” घोषणापत्रमा भनिएको छ ।

काठमाडौं उपत्यकाको ऐतिहासिक पहिचान, वज्रयानको चर्यागीता र चर्यान्त्यको समृद्ध परम्परा, कीर्तिपुरको बौद्ध वास्तुकला र साहित्यको अनुपम मिश्रणको संरक्षण गरिने घोषणापत्रमा जनाइएको छ ।

“हामी पाटनको भूकम्पपछिको पुनर्स्थापनामा परम्परागत शिल्पकला, लोकेश्वर पूजासँग जोडिएको लोप हुँदै गएको उपोषण व्रत परम्परा र नेवार कारिगरहरूको उत्कृष्ट रिपोस कलालगायत नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण, पुनरुत्थान र प्रवर्द्धनका लागि वकालत गर्छौँ,” घोषणापत्रमा भनिएको छ ।

दक्षिण एसियाको समृद्ध सांस्कृतिक, ऐतिहासिक र सामाजिक विविधतालाई महत्त्व दिँदै भावी पुस्ताका निम्ति यी सम्पदाको संरक्षण र प्रवर्द्धन गरिने घोषणापत्रमा जनाइएको छ । यसका निम्ति निकट भविष्यमा दक्षिण एसियाली सम्पदा शिखर सम्मेलन आयोजनाको घोषणा पनि गरिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro