खेल
काठमाडौं । फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै एन्फा यू–१६ युथ लिग फुटबल प्रतियोगितामा विजयी भएको छ ।
फ्रेन्ड्सले युथ क्लबलाई २–० ले पराजित गर्दै विजयी भएको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा खेल भएको हो ।
खेलको पहिलो हाफमै फ्रेन्ड्सका रिहान बुढा र दिवान थापाले समान एक/एक गोल गरेका थिए । पहिलो मिनेटमा नै फ्रेन्ड्सका रिहानले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए थिए । २२औँ मिनेटमा दिवानले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए ।
सातदोबाटोले खेलमा एक गोल पनि गर्न सकेन । अन्ततः फ्रेन्ड्ससँग सातदोबाटो २–० गोलअन्तरले पराजित भयो ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ १४:०८
प्रतिक्रिया दिनुहोस्