site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्धुलीमा बाबुको कुटपिटबाट छोराको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुलीमा बाबुको कुटपिटबाट छोराको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका–३, चपराडाँडाका ४९ वर्षीय लीलाबहादुर पुर्कोटी सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार (हिजो) बेलुका करिब साढे ८ बजे लीलाबहादुरका बुवा ७६ वर्षीय डोमानसिंह कार्कीले उनीमाथि फलामको गलले प्रहार गरेका थिए । घरायसी विवादका क्रममा डोमानसिंहले गलले टाउको र ढाडमा प्रहार गर्दा लीलाबहादुर गम्भीर घाइते भएका थिए ।

घाइते लीलाबहादुरलाई उपचारका निम्ति मकवानपुरको हेटौँडा अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा शनिबारै राति साढे १० बजे उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

कुटपिट गर्ने डोमानसिंहलाई गल र कोदालोसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro