site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूसका लागि श्रम स्वीकृति खुलाउन दबाब दिँदै एनआरएनए, श्रममन्त्री भन्छन्– छिट्टै खुला गर्छौँ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रूसका लागि श्रम स्वीकृति खुलाउन दबाब दिएका छन् । एनआरएनएका अध्यक्ष डा. बद्री केसीसहितको टोलीले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटी रूसको श्रम स्वीकृति खुलाउन दबाब दिएका हुन् ।

“यस सम्बन्धमा खासै धेरै समस्या छैन, परराष्ट्र मन्त्रालयसँग समन्वय गरी छिट्टै श्रम स्वीकृति खुला गर्छौँ,” एनआरएनएले शुक्रबार जारी गरेको विज्ञप्तिमा मन्त्री भण्डारीको भनाइ उद्वृत गरिएको छ ।

भिजिट भिसा र श्रम स्वीकृतिमा गएका नेपालीहरू रूस पुगेपछि रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएको सार्वजनिक भएपछि सरकारले रूसको लागि श्रम स्वीकृति दिन बन्द गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार २०८० पुस १९ गते वैदेशिक रोजगार विभागले रूसका लागि श्रम स्वीकृति दिन रोकेको थियो । त्यसपछि उक्त रोकिएको श्रम स्वीकृति खुलाउन एनआरएनएले दबाब दिँदै आएको छ ।

शुक्रबार भएको भेटमा अध्यक्ष केसीले तत्कालीन अवस्थालाई ध्यानमा राखी मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरवलोकनका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।

वर्षौदेिख विभिन्न रोजगार, पेसा, व्यवसाय एवं उच्च शिक्षा अध्ययन गर्न रूसमा बसिरहेका हजारौँ नेपालीहरूका लागि सहज रूपमा आवतजावतका लागि श्रम स्वीकृति एवं नवीकरण कार्यलाई तत्काल सुचारु गरिदिन भेटमा अध्यक्ष केसीले अनुरोध गरेका थिए ।

यसअघि, परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा पनि एनआरएनएका पदाधिकारीले रूसको लागि श्रम स्वीकृति खुलाउन अनुरोध गरेका थिए ।

यस्तै, शुक्रबारको भेटमा अध्यक्ष केसीले इराकको कुर्दिस्तानमा रहेका नेपालीका समस्याबारे जानकारी गराउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न पनि अनुरोध गरेका थिए ।

“ठूलो संख्यामा नेपालीहरू विभिन्न पेसा तथा व्यवसायमा संलग्न रहेका छन् । ती नेपालीहरूलाई पासपोर्ट नवीकरण तथा नेपाली दूतावासबाट प्राप्त गर्ने सुविधा लिनका लागि कुवेतस्थित नेपाली दूतावास तोकिएको छ, जुन त्यति सहज नभएको गुनासो आउने गरेको छ । उक्त सुविधा कतार तथा यूएईको नेपाली दूतावासबाट पाउने गरी व्यवस्था गरिदिनु हुन पनि म अनुरोध गर्छु,” अध्यक्ष केसीले भनेका थिए ।

जवाफमा मन्त्री भण्डारीले उक्त विषयमा परराष्ट्र मन्त्रालयमार्फत समन्वय गर्ने जनाएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro