site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पिंगलास्थानको होटेलमा मृत भेटिएकी युवतीको मृत्युको कारण अझै खुलेन

काठमाडौं । पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्काको मृत्युको कारण अझै खुलेको छैन । ओखलढुंगाका देवबहादुर थापासँगै वाग्मती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी खड्काको शव बुधबार फेला परेको थियो ।

उनीसँगै बस्दै आएका २३ वर्षीय थापा भने फरार छन् । प्रहरीले उनको खोजी जारी राखेको छ । 

Dabur Nepal
NIC Asia

मृत भेटिएकी सुस्मिताको शरीरको बाहिरी भागमा कुनै चोटपटक छैन । तर, उनीसँगै बसेका युवा भागेका कारण उनको हत्या भएको प्रहरीको आशंका छ ।

प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ । तर, दुई दिनसम्म पनि पोष्टमार्टम रिपोर्ट नआउँदा उनको मृत्युको कारण खुल्न नसकेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पोष्टमार्टम रिपोर्ट आइनसकेको बताए ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सुस्मिताको मृत्यु भएपछि हाल फरार रहेका थापाले बाहिरबाट चाबी लगाएर भागेका थिए । फरार रहेका थापा मंसिर ३० गते मात्रै जापानबाट काठमाडौं आएको खुलेको छ । उनी बिहीबार फर्किने तयारीमा थिए ।

प्रहरीले थापाको ट्राभल रोक्का राख्न अध्यागमन कार्यालयलाई पत्राचार गरिसकेको छ । प्रहरीका अनुसार सुस्मिता समेत जापान जाने तयारीमा थिइन् ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro