site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
आजदेखि भूतप उल्का वर्षा, नांगै आँखाले यसरी हेर्न सकिन्छ

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुने भएको छ । यो उल्का वर्षा बुटिज (भूतप) नामक तारामण्डलबाट हुने ठानिएको छ । त्यसैले यसको नाम भूतप उल्का वर्षा दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

पुस १३ देखि सक्रिय रहेको भूतप उल्का वर्षा २८ गतेसम्म रहने छ । तर आजराति अत्यधिक मात्रामा यो उल्का वर्षा हुने बताइएको छ । आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिने नासोले जनाएको छ ।

यो उल्का वर्षा हेर्न कुनै उपकरण वा टेलिस्कोप नचाहिने हुँदा नांगो आँखाले देख्न सकिनेछ । प्रति घण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ ।

आगोका झिल्काजस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिने बताइएको छ । अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्ने नासोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहररू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई नै उल्का वर्षा एवं चलनचल्तीको भाषाअनुसार ‘तारा खसेको’ भन्ने गरिन्छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro