site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्टर इटालियन सुपर कपको फाइनलमा 

काठमाडौं । सेमिफाइनलमा एटलान्टाविरुद्ध २–० को जित निकाल्दै इन्टर मिलान इटालियन सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति अल अवाल पार्कमा इन्टरलाई जित दिलाउन दुवै गोल डेन्जेल डम्फ्रिजले गरे । इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

Dabur Nepal
NIC Asia

खेलको ४९औँ मिनेटमा डम्फिजले गोल गर्दै इन्टरलाई घरेलु समर्थकमाझ अग्रतामा राखेका थिए । ६१औँ मिनेटमा डम्फ्रिजले नै इन्टरको अग्रता दोब्बर बनाए । यसपछि थप गोल नहुँदा इन्टरले २–० को जितसहित फाइनल यात्रा तय गरेको हो ।

इन्टरले अब उपाधिका निम्ति युभेन्ट्स र एसी मिलानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल आज राति १२ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल जनवरी ७ मा हुने तालिका छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro