site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसीमा लामो समय बस्नेहरूमा हुन सक्छन् यस्ता गम्भीर स्वास्थ्य समस्या

काठमाडौं । एयर कन्डिस्नर (एसी) जाडोयाममा धेरै मानिसको रोजाइमा पर्ने गर्छ । एसी गर्मीयाममा तुलनात्मकरूपमा कम प्रयोग हुने र जाडोमा तापक्रम सन्तुलनका निम्ति धेरै प्रयोग हुने प्रविधि पनि हो ।

विशेषगरी, जाडोयाममा एसीबाट अप्राकृतिक तापक्रम लिँदा व्यक्तिमा विभिन्न स्वास्थ्य समस्या देखिने अध्ययनहरूले पुष्टि गरेका छन् । पछिल्लो समय एसी प्रयोगकर्ताहरूमा सिक बिल्डिङ सिन्ड्रोम (एसबीएस) र सम्बन्धित समस्याहरू बढेको अध्ययनले देखाएको छ ।

नियमित एसी प्रयोगकर्ताले कुनै ठोस कारण नदेखिने तर भवनभित्र रहँदा अनेक स्वास्थ्य समस्या झेलिरहेको अमेरिकी नेसनल लाइब्रेरी अफ मेडिसिन (एनआईएच)ले पुष्टि गरेको छ ।

एनआईएचले सन् २०२३ मार्चमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा एसीमा ६ देखि ८ घण्टा लगातार दुई वर्ष काम गर्ने युवाहरूमा एसबीएस बढी देखिएको थियो । विशेषगरी, १८ देखि ४५ वर्षका पुरुषमा नसासम्बन्धी समस्याका विभिन्न लक्षण, श्वासप्रश्वास, टाउको दुखाइ, चिडचिडाहपन, छालाका विभिन्नखाले एलर्जीलगायत समस्या देखिएका थिए । ती समस्या पुरुषमा महिलामा भन्दा बढी र एसीमा नबस्नेभन्दा पनि बस्नेमा बढी देखिएको थियो । 

सबैभन्दा धेरै ४८ प्रतिशतमा सुक्खा आँखा समस्या पाइएको रिपोर्टमा उल्लेख छ । त्यसबाहेक उनीहरूमा रुघा लागिरहने, घाँटीसम्बन्धी समस्या , टाउको दुखाइ, आलस्यपन र श्वास फेराइमा समस्या देखिएको थियो ।

साथै, फोक्सोको स्वस्थतासम्बन्धी विभिन्न परीक्षणमा पनि सो उमेर समूहका पुरुषमा बढी समस्या देखिएका थिए । एनआईएचका अनुसार, एसी चलाएको बेला कोठाको वायुमा आद्रता कम हुने हुनाले छाला सुक्खा गराउँछ । यही सुक्खापनले आँखा र छालामा सुक्खापन र विभिन्नखाले एलर्जी निम्तिने गर्छ ।

प्राकृतिक वातावरणमा बसेर काम गर्नेभन्दा एसीमा काम गर्नेहरूमा चिडचिडाहट, श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिएको पनि रिपोर्टमा उल्लेख छ । न्यून रक्तचाप भएका व्यक्तिमा एसीले रिंगटा लाग्ने, वाकवाकी लाग्ने हुन सक्छ । 

अन्य समयमा पनि टाउकोसम्बन्धी समस्या भएका विशेषगरी माइग्रेन भएका व्यक्तिमा एसीको असर धेरै हुन्छ । जाडोयाममा धेरै प्रयोग गरिने हिटरले पनि हावामा भएको आद्रता शोषित गरी र कोठामा सुक्खापन बढाउँछ । सुक्खापनका कारण नाकको मार्ग सुक्न सक्न सक्छ र यसैले रक्तस्राव पनि गराउँछ भने सुक्खापनकै कारण छालाको एलर्जी हुने, छालामा चाया हुनेजस्ता समस्या निम्तिन सक्छन् ।

त्यस्तै, ग्यास हिटरबाट उत्पादन हुने कार्बनडाइअक्साइड, कार्बन मनोअक्साइडजस्ता ग्यासको सम्पर्कमा लामो समय बस्दा शरीरलाई ‘स्लो पोइजन’को रूपमा असर गर्न सक्छन् ।

पर्याप्त मात्रामा हावा आसपास नहुने कोठामा ग्यास हिटर बाल्दा यसबाट निस्कने कार्बन मनोअक्साइडले श्वासप्रश्वासमा समस्या निम्त्याउन सक्छ । त्यतिमात्रै नभई विभिन्न अंगमा अक्सिजनको कमी गराउन सक्छ भने रगतमा हेमोग्लोबिनको मात्रा कम गराउन सक्छ ।

यस ग्यासको कुनै गन्ध, रंग नहुने र आँखाले देख्न नसकिने भएकाले पनि यसलाई 'स्लो पोइजन'को रूपमा लिइन्छ । त्यस्तै, इलेक्ट्रिक ग्यास हिटरले पनि कोठाको आद्रतालाई घटाउने भएकाले स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ । यद्यपि, विकार पदार्थ उत्पादन कम हुने भएकाले यो ग्यास हिटरभन्दा कम हानिकारक रहेको विज्ञहरू दाबी गर्छन् । 

नेसनल लाइब्रेरी अफ मेडिसिनको एक अध्ययन अनुसार, हिटरले स्वास्थ्यमा पार्ने नकारात्मक असरहरू वयस्क र ठूला व्यक्तिभन्दा शिशुहरूमा धेरै हुन्छन् । त्यसमा पनि कोठाको वातावरण अनुसारको तापक्रम नमिलेको खण्डमा हिटरले मृत्युसम्मको जोखिम निम्त्याउन सक्छ । 

त्यस्तै, घरमा धेरै प्रयोग हुने इन्फ्रारेड हिटरले नवजात शिशुको आँखामा पनि असर पुर्‍याउन सक्छ । कोठालाई न्यानो बनाएपछि बन्द गर्नु जोखिमबाट बच्ने उपाय हो । नवजात शिशुका लागि फ्यान हिटर प्रयोग गर्नु उचित हुन्छ ।

शरीरमा तापक्रम सन्तुलनमा राख्न मनतातो पानी पिइराख्ने, सुपजन्य खानेकुरा खाने, तातो कपडा लगाउने र एसी वा हिटरको सट्टा प्राकृतिक उपाय नै अपनाउन एनआईएचको सुझाव छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ०७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro