site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यार्थीलाई अब घरायसी र सामाजिक कामको पनि अंक

काठमाडौं । विद्यार्थीको प्रयोगात्मक अंकमा अब घरपरिवार र सामाजिक कामको मूल्यांकन पनि जोडिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले सामाजिक विषयमा उक्त पक्षलाई पनि समेटेर अंक दिने गरी पाठ्यक्रम परिमार्जन गर्न लागेको हो ।

तत्काललाई कक्षा–९ र १० को पाठ्यक्रममा यो बुँदा समावेश गरिने पाठ्यक्रम विकास केन्द्रका निर्देशक वासुदेव वस्तीले जानकारी दिए ।

नयाँ पाठ्यक्रममा सामाजिक कार्यलाई अंक दिने प्रस्तावमा शिक्षा मन्त्रालयसहित सरोकारवाला सबैको सहमति जुटिसकेको छ । पाठ्यक्रम परिमार्जन अन्तिम चरणमा रहेको उनले बताए ।

“आगामी शैक्षिकसत्रदेखि लागु हुने गरी सामाजिक विषयमा यसरी मूल्यांकन अंक दिने व्यवस्था गर्न लागिएको हो । यसले श्रमलाई शिक्षासँग जोड्न मद्दत गर्ने विश्वास छ,” वस्तीले बाह्रखरीसित भने ।

उनका अनुसार, विद्यार्थीले घरायसी कामकाज, पेसागत काम र सामाजिक कार्यमा देखाउने सक्रियतालाई मूल्यांकनको आधार बनाइनेछ । घरायसी काममा परिवारसँगको अन्तरक्रिया, सल्लाह–सुझाव, सामाजिक सचेतनामा योगदानलगायत कार्यलाई मूल्यांकनको आधार मानिनेछ ।

“काम गर्ने भावनाको विकास गर्न, श्रमको सम्मान गर्ने र सैद्धान्तिक तथा व्यावहारिक सिकाइलाई सँगसँगै अगाडि बढाउन नयाँ यो मूल्यांकन पद्धतिले सहयोग पुग्ला भन्ने उद्देश्य हो,” वस्तीले थप प्रस्ट पारे । 

केन्द्रले शैक्षिकसत्र ०८२ देखि लागु हुने गरी गणित, विज्ञान र सामाजिक विषयको पाठ्यक्रम परिमार्जन गर्दै छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro