site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले दोषी जो सुकैलाई कारबाही गरिनुपर्ने बताए ।

बैठकमा नेकपा (एमाले)का सांसद वासुदेव शेरा दरबार प्रकरणलाई लिएर प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले भने, "जो कोही पनि कानुन मिचेर भ्रष्टाचारमा संलग्न देखिन्छ भने जो कोही कानूनको दायरामा ल्याउनुपर्छ भनेर म प्रधानमन्त्री भएको बेला भनेको थिएँ । शेरा दरबारमा दोषीलाई कारबाहीको दायरामा ल्याइयोस्," उनले भने ।

उनले आफूले आफ्नै पार्टीका नेताहरू पनि संलग्न देखिए कानूनको दायरामा ल्याउनुपर्छ भनेको बताए । "छानबिन गर्दैगर्दा यदि प्रचण्ड नै देखियो भने त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने भन्ने म नै हो," उनले भने ।

उनले शेरा दरबार प्रकरणको अनुसन्धानमा आफूले सघाउने र सरकारलाई धन्यवाद दिने पनि बताए ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro