site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘११ः५५’को पोस्टरमा नयाँपन, पेस्तोलमा मुख्य कलाकार

काठमाडौं । नेपाली  कथानक चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चैत ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।

पोस्टरमा सिनेमाका मुख्य कलाकार महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन् । पोस्टरले क्राइम थ्रिलर जानरामा चलचित्र निर्माण भएको प्रष्ट पारेको छ । 

पोस्टरमा केही नयाँपन देखिएको छ । जानरा प्रष्ट्याउन पोस्टर सफल भएको छ । पेस्तोलभित्र चलचित्रका कलाकार छन् । पेस्तोलका सबै भागमा गरी मुख्य कलाकार अटाएका छन् । 

यसले यो चलचित्र क्राइम थिलर भएको र पेस्तोल र बन्दुकको अधिक प्रयोग गरिएको अनुमान लगाउन सकिन्छ । 

चलचित्रमा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय छ । 

चलचित्रको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकीय चलचित्र हो । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ छ । 

प्रद्युमन मिश्रको डीओपी, रामशरण उप्रेतीको सिनेमेटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवासराज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro