राजनीति
काठमाडौं । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले मंगलबार सदस्य मनोनयन गरेका हुन् ।
पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दशजनालाई आज उनले मनोनयन गरेका हुन् ।
खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), धु्रव खड्का (काठमाडौं), जमसेरअलि मियाँ (कपिलवस्तु), सीताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बाँस्तोला (सोलुखुम्बु), सञ्जीव घिमिरे (झापा), जुनु गुरुङ (लमजुङ), विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौं)लाई मनोनयन गरिएको कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१ १६:१५
प्रतिक्रिया दिनुहोस्