देश
चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१, कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार, मंगलबार बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको थियो ।
घाइते दुवै भरतपुर अस्पतालमा उपचाररत छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए । रासस
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१ १२:०४
प्रतिक्रिया दिनुहोस्