site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रौतहटको राजदेवीमा आगलागी, २० भन्दा बढी फुसका घर जले

काठमाडौं । रौतहटको राजदेवी नगरपालिका–५, स्थित पासवान टोलमा आगलागी हुँदा २० भन्दा बढी फुसका घर जलेका छन् । आइतबार राति स्थानीय बाबुलाल हजराको घरमा विद्युत् सर्ट भएर लागेको आगोले अन्य घरमा पनि क्षति पुर्‍याएको हो ।

आगलागीको खबर पाएलगत्तै प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलबिछवा र गौर नगरपालिकाको वारुणयन्त्र घटनास्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण बढी क्षति भएको प्रहरीको अनुमान छ ।

घरमा राति सुतेका बेलामा आगलागी भएकाले सरसामान निकाल्न नपाएको प्रहरीले बताएको छ । आगलागीका कारण मानवीय क्षति नभए पनि लता कपडा, अन्नलगायत जलेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro