site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकन पूर्वराष्ट्रपति विक्रमासिंघेले गरे तिलौराकोट भ्रमण

लुम्बिनी । श्रीलंकाका पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेले कपिलवस्तुको तिलौराकोट भ्रमण गरेका छन् । शनिबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका बिक्रमासिंघेले दोस्रो दिन गौतमबुद्धको गृहनगर तिलौराकोट क्षेत्रको भ्रमण गरेका हुन् । 

पूर्वराष्ट्रपति विक्रमसिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, कपिलवस्तु शाखा प्रमुख माधव आचार्यले तिलौराकोटमा स्वागत गरेका थिए । 

परिवारसहित लुम्बिनी भ्रमणमा आएका विक्रमासिंघे तिलौराकोट हेलिकोप्टरमार्फत पुगेका थिए । श्रीलंकामा अधिकांशले बुद्ध धर्म मान्ने भएकाले सिद्धार्थ गौतमले २९ वर्ष बिताएको कपिलवस्तु राज्यको दरबार क्षेत्र तिलौराकोटको भ्रमणमा पूर्वराष्ट्रपति बिक्रमासिंघले चासो रोखका थिए । 

उक्त अवसरमा बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा सूचना शाखाका विकास लामाले विफ्रिङ गरेका थिए । बिक्रमासिंघे श्रीलकाका नवौं राष्ट्रपति र दसौं प्रधानमन्त्री हुन् । उनी ६ पटकसम्म प्रधानमन्त्री बनेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro