site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एटलान्टालाई पछ्याउँदै इन्टर

काठमाडौं । कालियरीविरुद्ध उसैको मैदानमा ३–० को सहज जित निकाल्दै इटालियन सिरी ‘ए’ मा इन्टर मिलान दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति कालियरीको मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन एलेसान्ड्रो बास्टोनी, लौटारो मार्टिनेज र हकान कालानोग्लुले गोल गरे । इन्टरले तीनै गोल दोस्रो हाफमा गरेको हो ।

खेलेको ५३औँ मिनेटमा बास्टोनीले गोल गर्दै इन्टरलाई अग्रतामा राखेका थिए । ७१औँ मिनेटमा मार्टिनेजले गोल गरेपछि इन्टरले अग्रता दोब्बर बनायो । ७८औँ मिनेटमा कालानोग्लुले पेनाल्टी सदुपयोग गर्दै अग्रतालाई ३–० मा पुर्याए ।

सिरी ‘ए’ मा इन्टरको यो १२औँ जित हो । यो जितसँगै १७ खेलबाट ४० अंक जोडेको इन्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । इन्टरभन्दा माथि रहेको एटलान्टाको खातामा ४१ अंक छ । एटलान्टाले ४१ खेल खेलेको छ । 

कालियरीको भने यो जारी सिजनको १०औँ हार हो । लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत कालियरीले १८ खेल खेल्दा १४ अंकमात्र जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro