site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टर्कीको सञ्चार उपग्रह सफलतापूर्वक पुग्यो कक्षमा

इस्तानबुल । टर्कीको पहिलो घरेलु सञ्चार उपग्रह सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ । यो देशको अन्तरिक्ष कार्यक्रममा महत्त्वपूर्ण कोसेढुंगा भएको यातायात तथा पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले शनिबार बताएका छन् ।

‘टर्कस्याट ६ए’ ४२ डिग्री पूर्वी कक्षामा पुगेको मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरेका छन् । “हाम्रो राष्ट्रिय गौरवले टर्कीलाई अन्तरिक्ष गतिविधिमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा उचाल्ने र हाम्रो सञ्चार पूर्वाधारलाई बलियो बनाउनेछ,” उनले भने ।

स्थानीय समयानुसार बिहान ५ बजे अन्तिम प्रज्वलनपछि उपग्रह ३५ हजार ७८६ किलोमिटरमा आफ्नो अन्तिम ‘जियोसिंक्रोनस अर्बिट’मा पुग्यो ।

कक्षामा थप परीक्षण गरिसकेपछि टर्कस्याट ६ए सन् २०२५ को पहिलो त्रैमासिकसम्म सञ्चालन हुने अपेक्षा गरिएको छ ।

टर्कस्याट ६ए जुलाई ९ मा फ्लोरिडामा स्पेस एक्स केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro