site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अराजकताविरुद्ध कठोर निर्णय हुनेछ : मुख्यमन्त्री कार्की
फाइल तस्बिर ।

झापा । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै किसिमका अराजकताका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने बताएका छन् ।

अराजकता र राजनीतिक अस्थिरता निम्त्याएर नेपाली जनताको विकास र समृद्धिको चाहनामा अवरोध पुर्‍याउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता–कार्यकर्तालाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे । नेकपा (एमाले) दमक नगर कमिटीले शनिबार इलामको चुलाचुलीस्थित चपेटीमा आयोजना गरेको  बाल प्रतिभाको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

एमाले स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री कार्कीले भने, “सहकारीमा जम्मा गरेको सर्वसाधारणको करोडौँ, अर्बौँ रकम अपचलन गर्ने, आफ्नै बैंक खातामा कहाँबाट पैसा आयो भन्ने थाहा नपाएझैँ गर्ने, आफैँले काटेको चेक मलाई थाहा छैन भन्नेजस्ता गैरजिम्मेवारीपूर्ण जवाफ दिनेसम्मका हर्कत अराजक प्रवृत्तिहरू हुन् ।”

कुनै बहानामा ठगी र अपराध गर्ने कानुनी दायराबाहिर हुन नसक्ने उनले बताए । कुनै दलविशेषको नेता हुँदैमा कानुनी कारबाहीबाट मुक्ति हुनुपर्छ भन्ने तर्क गर्नेले सामाजिक सञ्जालमा अराजकता मच्चाइरहेको उनले उल्लेख गरे ।

७० प्रतिशत जनमतसहितका कांग्रेस–एमालेको सत्तासहकार्यबाट मुलुक अघि बढिरहेको र यसले सरकारको स्थिरता र जनताको विकास र समृद्धिको चाहनालाई बढाइरहेको उनले बताए ।

एमाले केन्द्रीय सदस्यद्वय दीपक कार्की र इन्द्र भण्डारीले जबजब एमाले नेतृत्वको सरकार बन्छ, तबतब विभिन्न उच्छृंखल र अराजक समूहले सरकारको लोकप्रियताविरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म विभिन्न आरोप र लाञ्छना लगाउँदै अफवाफ फैलाउँदै आएको टिप्पणी गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro