site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन

सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उनका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् ।

यही डिसेम्बरको सुरुमा सैनिक शासन लागु गर्न खोजेपछि युनको पक्ष र विपक्षमा व्यापक प्रदर्शन भएको छ । यसले देशलाई दशकौँयताकै सबैभन्दा खराब राजनीतिक संकटमा धकेलेको छ ।

युनको स्थानमा कार्यवाहक राष्ट्रपति बनेका हान डक–सोमाथि पनि शुक्रबार महाभियोग लगाइएको थियो । युन र हानको भाग्यको फैसला संवैधानिक अदालतले गर्ने हो । तर, दुवै खेमाका प्रदर्शनकारीले यसबीचमा दबाब जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

“राष्ट्रपति युनको रक्षाका निम्ति करिब २० लाख मानिस एकजुट हुनेछन्,” सियोलमा आयोजित र्‍याली आयोजकमध्येका युनका एक समर्थक री काङ सानले भने ।

उनले अगाडि भने, “महाभियोगविरुद्ध जनताको आवाजलाई अझ सशक्त बनाउने हाम्रो प्रयासलाई र्‍यालीले निरन्तरता दिएको छ ।”

युनविरोधी र्‍यालीका आयोजकले उनीविरुद्धको महाभियोगलाई समर्थन गर्नेहरूको आक्रोश ‘झनै चर्को रूपमा जलिरहेको’ टिप्पणी गरेको छ । उक्त र्‍यालीका सहभागीले ‘अब युनलाई तत्काल बर्खास्त गर्न र सजायको माग गरिरहेका’ छन् ।

युनलाई महाभियोग लगाउने संसद्को निर्णयलाई कायम राख्ने वा नराख्ने भन्ने विषयमा ६ न्यायाधीशले निर्णय गर्न सक्छन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro