site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अफगानिस्तान आक्रमणको छानबिन गर्न राष्ट्रसंघीय निकायको आग्रह
Tiktok banner adTiktok banner ad

काबुल । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय नियोगले बुधबार पाकिस्तानी हवाई आक्रमणमा सर्वसाधारणसहित ४६ जनाको मृत्यु भएको भन्दै त्यसको छानबिन गर्न माग गरेको छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय सहायता नियोग (यूएनएएमए)ले डिसेम्बर २४ मा अफगानिस्तानको पक्तिका प्रान्तमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ सर्वसाधारणको मृत्यु भएको विश्वसनीय रिपोर्ट प्राप्त भएको जनाएको छ ।

“अन्तर्राष्ट्रिय कानुनअनुसार नागरिक क्षति रोक्न आवश्यक सावधानी अपनाउन सैन्य बलले जवाफदेहिता बहन गर्नुपर्छ,” यूएनएएमएले एक विज्ञप्तिमा भनेको छ, “जवाफदेहीता सुनिश्चित गर्न अनुसन्धान आवश्यक छ।”

तालिबान सरकारले मृत्यु हुनेमा ४६ जना महिला र बालबालिका रहेको र अन्य ६ जना घाइते भएको जनाएको छ ।

पाकिस्तानका एक सुरक्षा अधिकारीले बुधबार एएफपीलाई बताएअनुसार उक्त गोलाबारी ‘आतंकवादी लुकेका स्थानहरू’लाई लक्षित गरी गरिएको थियो र कम्तीमा २० जना लडाकुहरू मारिएका थिए’।

तालिवान अधिकारीहरूले आह्वान गरेको उक्त क्षेत्रको पत्रकार भ्रमणका क्रममा एएएफपी संवाददाताले पाकिस्तानी सीमाबाट करिब २०–३० किलोमिटर (१०–२० माइल) टाढा तीन स्थानमा चारवटा इँटाका भवनहरू भग्नावशेषमा परिणत भएको देखेको बताएका छन् ।

एएफपी संवाददाताले स्थानीय बासिन्दासँग कुरा गर्दै अबेर साँझ भएको आक्रमणमा गाउँका ढोका र झ्यालहरू भत्किएको र घरहरू र एक इस्लामिक विद्यालय ध्वस्त भएको बताएका छन् ।

कैयौँ बासिन्दाले घरहरूलाई लक्षित गरी गरिएको आक्रमणपछि भग्नावशेषबाट शवहरू निकालेको र एकै परिवारका धेरै सदस्यहरूको मृत्यु भएको बताएका छन् ।

अफगानिस्तानका सीमा तथा जनजातीय मामिलामन्त्री नुरुल्लाह नुरीले उक्त आक्रमणलाई ‘क्रूर र घमण्डी आक्रमण’ भनेका छन् ।

“यो अस्वीकार्य छ र अफगानिस्तानले यसलाई अनुत्तरित छोड्ने छैन,” स्थलगत भ्रमणका क्रममा उनले भने । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  २३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro