site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरक्षित कारोबार ऐनसम्बन्धी विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित

काठमाडौं । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबार बसेको बैठकबाट उक्त विधेयकलाई सर्वसहमितले पारित गरिएको हो ।

राष्ट्रियसभाबाट पास भएर प्रतिनिधिसभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरिएको छ । अर्थ समितिका सभापति सन्तोष चालिसेले लामो छलफलपश्चात् विधेयक पारित गरिएको जानकारी दिए ।

उनले सानासाना घरायसी भैँसीबाख्रा किनबेचदेखि अरू प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पारित गरिएको बताए । ऐन संसद्‌बाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीलाई सहज र फाइदा पुग्ने उनले विश्वास व्यक्त गरे ।

उनले समितिले पास गरेको विधेयक अब बस्ने संसद् बैठकमा पेस गर्ने तयारी गरिने बताए । अर्थ समितिमा रहेका ६ मध्ये दुई विधेयक पारित गरिएको उनले जानकारी दिए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro