site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनार्दन शर्मा भन्छन्– पार्टीभित्रको बहसलाई दुत्कार्ने गरिन्छ 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको बहसलाई नकारात्मक रूपमा लिने चिन्तन हाबी हुँदै गएको बताएका छन् । १३२औँ माओ दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टीभित्रको बहस कमजोर हुँदै गएको बताए ।

“आज पार्टीभित्र वैचारिक बहसभन्दा गठबन्धनका बहसले प्राथमिकता पाउने गरेका छन् । वैचारिक बहस कमजोर बनेका छन्, यसलाई माथि उठाउनुपर्नेछ,” उनले भने ।

Dabur Nepal
NIC Asia

शर्माले पार्टीभित्रको बहसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे । “पार्टीमा वैचारिक आधारमा नीति, योजना, कार्यक्रममा माओले भनेजस्तै एकरूपमा ल्याउनुपर्छ । सही विचारद्वारा निर्देशित भएर अघि बढ्नुपर्ने आवश्यकता छ । पार्टीभित्रको बहसलाई स्वाभाविक र अनिवार्य रूपमा लिनुपर्छ,” उनले भने, “यदाकदा बहसलाई दुत्कार्ने गरिन्छ । पार्टीभित्रको बहसलाई नकारात्मक रूपमा लिने गरिन्छ । पार्टीभित्रको बहसलाई सकारात्मक रूपमा लिनुपर्छ । माओले पनि सयौँ फूल फुल्न दिनुपर्छ भन्नुभएको थियो ।”

माओले उनको पार्टीको सातौँ महाधिवेशनमा अल्पमतलाई सम्मान गरेको शर्माले सुनाए । त्यो विषय नेपाली कम्युनिस्टले सिक्नुपर्नेमा उनले जोड दिए ।

उनले सुखसुविधा र सम्पत्ति आर्जन गर्दै जाने विकृति कम्युनिस्ट आन्दोलनमा हाबी हुँदै गएको बताए । “सुखसुविधातिर लहसिने, सम्पत्ति आर्जन गर्ने प्रवृत्ति हाबी हुँदै गएको छ । कम्युनिस्ट आन्दोलनभित्रका विचलनका रूपमा यी कुरा देखिइरहेका छन् । जनसंगठन स्वतन्त्र, स्वायत्त रूपमा अघि बढ्न सकेका छैनन्, मृत प्रायः अवस्थामा देखिन्छन्,” उनले भने ।

उनले जनयुद्धपछि वर्गचेतना हराउँदै आएको बताए । आफूहरूले उठाएको मुद्दा ओझेलमा पर्ने हो कि भन्ने आशंका उनले व्यक्त गरे । उनले गुटफुट र विभाजनको अन्त्य गर्दै एकतातर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए । वैचारिक बहसलाई सशक्त बनाउनुपर्ने भनाइ शर्माको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro