site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६७ यात्रु सवार अजरबैजान एयरलाइन्सको विमान कजाकिस्तानमा दुर्घटना 

काठमाडौं । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । प्रारम्भिक रिपोर्टमा केही हताहतीको सम्भावना रहेको बताइएको छ ।

स्थानीय अधिकारीका अनुसार, विमानमा ६७ जना सवार थिए । विमान दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

कजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै विमान अजरबैजान एयरलाइन्सको रहेको बताएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो ।

बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो । त्यसपछि विमान दुर्घटनामा परेको थियो । 
अजरबैजान एयरलाइन्सले विमान दुर्घटनाका सम्बन्धमा हालसम्म केही जानकारी सार्वजनिक गरेको छैन ।

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro