site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकार महासंघको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न, के भए निर्णय ?
तस्बिर : दिलीप पाैडेलकाे फेसबुकबाट
Tiktok banner adTiktok banner ad

काठमाडाैं । नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले २७औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । 

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट व्यहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।  

केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुको साथै खबरदारी गर्ने निर्णय पनि महासंघले गरेको छ । 

साथै, समाचारको विषयलाई लिएर पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेको सन्दर्भमा स्थलगत अध्ययनका महासंघले लागि मिडिया मिसन खटाउने निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।

महासंघले केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेको मिडिया मिसन खटाउने निर्णय गरेको हो । उक्त कार्यदललाई सात दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro