site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशमा बसेर नेपाली राजनीतिलाई धारेहात लाउनु अर्थहीन : कांग्रेस सहमहामन्त्री राठौर
Tiktok banner adTiktok banner ad

अस्ट्रेलिया । नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद किशोरसिंह राठौरले विदेशमा बसेर नेपाली राजनीति र दललाई धारेहात लाउनु अर्थहीन रहेको बताएका छन् । नेपाली कांग्रेसको जनसम्पर्क समितिको आयोजनामा सिड्नीमा भएको मेलमिलाप दिवस तथा साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मुलुकले सोचेअनुरूपको उन्नति र प्रगति गर्न नसके शिक्षा, स्वास्थ, बाटाघाटालगायतमा मुलुकले कोल्टे फेरेको उनले दाबी गरे । ‘‘विकास भएन भनेर नेता सराप्ने काम बन्द गर्नुहोस्,’’ सहमहामन्त्री राठौरले भने, ‘‘नेपाल कहाँ छ, भारतको बिहार र युपीको छेउमा । अनि रातारात युरोप र अमेरिका बन्छ ? त्यो कल्पनाबाहिरको कुरा हो ।’’

सांसद राठौरले जनतादेखि कार्यकर्ता अनि प्रशासनदेखि नेतासम्म सबै इमानदार बन्न नसकेका कारण मुलुकले साचेअनुरूप फड्को मार्न नसकेको उनको भनाइ थियो । 

जनताको स्वतन्त्रताका लागि बलि चढ्न तयार बीपी कोइराला र सुर्वण शमशेर अनि गणेशमान सिंह र किशुनजीजस्ता नेताले हाँकेको नेपाली कांग्रेस नेपालका लागि एउटा मात्र माटो सुहाउँदो राजनीतिक दल रहेको उनले तर्क गरे । बिपीको त्याग र तपस्याले बनेको नेपाली कांग्रेसमा निष्ठावान्हरूको उपस्थिती पातलो हुँदै गरेको उनले बताए । 

उनले पछिल्लो गठबन्धन रहर नभई बाध्यता भएको बताए । मुलुकमा आइपरेको टड्कारो समस्याको समाधानका लागि मात्रै गठबन्धन बनेको उनले बताए । 

जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष सुरेश गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनका केन्द्रीय सचिव ज्ञानेन्द्र रेग्मी, एनआरएनका पूर्वअध्यक्ष गणेश केसी, जनसम्पर्क विभागका सदस्य कृष्ण गिरी, जनसम्पर्क समितिका उपाध्यक्ष राजेश केसी, समुदायका अगुवा प्रेम सापकोटालगायतले नेपाली राजनीतिमा कांग्रेसको भूमिकाबारे टिप्पणी गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro