site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युनाइटेड घरमै स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड घरमै स्तब्ध बनेको छ । आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडविरुद्ध पाहुना टिम बर्नमाउथले ३–० को जित निकालेको हो ।

जारी सिजनमा १७औँ खेल खेलेको युनाइटेडको यो सातौँ हार हो । तालिकाको १३औँ स्थानमा रहेको युनाइटेडको खातामा २२ अंक छ । युनाइटेडविरुद्ध प्रभावशाली जित निकालेको बर्नमाउथ पाँचौँ स्थानमा छ । बर्नमाउथले १७ खेलबाट आठ जितसहित २८ अंक जोडेको छ ।

Dabur Nepal
NIC Asia

आइतबार राति पाहुना टिमलाई जित दिलाउन डिन हुइसेन, जस्टिन क्लुभर्ट र एन्टोइन सेमेन्योले गोल गरे ।

खेलको २९औँ मिनेटमा हुइसेनले गोल गरेपछि बर्नमाउथले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६१औँ मिनेटमा क्लुभर्टको गोलमा पाहुना टिमले अग्रतालाई दोब्बर बनायो । त्यसको दुई मिनेटपछि नै बर्नमाउथले तेस्रो गोल ग¥यो । पाहुना टिमका सेमेन्योले गोल गरेपछि बर्नमाउथले सहज जितसँगै तीन अंक पक्का गरेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro