site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार गिर्छ भनेको काग कराएजस्तै : सञ्चारमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार ढल्छ भन्नु काग कराएजस्तै भएको टिप्पणी गरेका छन् । आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिँदै उनले वर्तमान सरकार आउँदो निर्वाचनसम्मै जाने जिकिर गरे ।

“...काग त कराउँदै गर्छ, पिनास सुक्दै गर्छ । हात्ती लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ । यो यस्तै हो,” उनले भने, “सरकार गिर्छ, सरकार गिर्छ भनेको काग कराएजस्तै हो । यो सरकार चलिरहन्छ ।”

उनले वर्तमान सरकार बनेको मन नपराउनेले नै यो ढल्ने भ्रम फैलाएको आरोप लगाए । राष्ट्रिय संकट निवारणका निम्ति दुई राजनीतिक दलबीच सहमति भएकाले सरकार ०८४ सम्मै टिक्ने उनले दाबी गरे ।

“सरकार बनेको दिनदेखि दुईवटा कुरा चलिरहेको हुन्छ, यो सरकार ढल्दैन र यो सरकार ढल्छ भन्ने । सबै पार्टीले छोडेर गए पनि दुई ठूला राजनीतिक दलहरू मिलेका छौँ, त्यसैले यो सरकार ढल्दैन । किनभने, १६७ सिट त हुन्छ,” उनले भने ।

उनले अगाडि भने, “तेस्रो, चौथो पार्टीलाई गुहारीराख्न परेन । सांसदहरूको चाकडी गरिरहनु परेन, मन्त्री, पार्टीका नेताहरूलाई फकाइराख्नु परेन । राष्ट्रिय संकट निवारणका लागि हामी दुईवटा पार्टी भइरहनुपर्छ भन्ने ठानेसम्म यो सरकार ढल्दैन ।” न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro