site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तरुण दलका केन्द्रीय सदस्य कुलध्वसहित आठजना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आपराधिक समूहलाई पक्राउ गरेको छ । गएको शुक्रबार दरबारमार्गस्थित लिक्विड लाउञ्ज बारमा एक युवकमाथि कुटपिट गरेपछि शनिबार (हिजो) उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरू विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका कुलध्वज तामाङ, काभ्रेकै भुल्लुका लालबहादुर तामाङ, काभ्रेकै मिलन लामा, सुलभ पहरी, युवराज लामा छन् ।

यस्तै, मोरङको उर्लाबारीका डम्बरबहादुर कार्की, सिन्धुपाल्चोकका दावा तामाङ र काभ्रेका शक्ति लामालाई परिसरको विशेष टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध काठमाडौं प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएर अनुसन्धान थालेको छ ।

उनीहरूले बैतडीका रमेश भट्टमाथि शुक्रबार राति बारमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए । पक्राउ परेका कुलध्वज यसअघि समेत ज्यान मार्ने उद्योग र डाँकाचोरीमा जेल सजाय पाएर छुटेको खुलेको छ । सुजन पनि ज्यान मार्ने उद्योगमा पक्राउ परेर छुटेका थिए ।

राजनीतिको खोल ओढेर अपराधकर्ममा
प्रहरीका अनुसार, पक्राउ परेका मध्ये कुलध्वज तामाङ नेपाली कांग्रेजको भ्रातृसंगठन तरुण दलका केन्द्रीय सदस्य रहेको खुलेको छ । उनी अपराध कर्म हुँदै राजनीतिमा प्रवेश गरेका हुन् ।

०६९ सालमा दरबारमार्गकै एउटा क्लबमा युवकमाथि कुटपिट गरेको आरोपमा लालध्वजविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको प्रहरीको अभिलेखमा उल्लेख छ । उनी ०७२ सालमा काभ्रेमै बुद्धचित्तको माला लुटपाटको घटनामा ११ महिना जेल बसेर छुटेको खुलेको छ ।

उनीबाहेक मिलन लामा पब्लिक युथ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति हुन् । सुलभ पहरी भुल्लु गाउँपालिकाको तरुण दलका अध्यक्ष र युवराज लामा तरुण दल काभ्रे जिल्ला सदस्य हुन् ।

सिन्धुपाल्लोचका दावा समेत जुगल गाउँपालिकाको तरुण दलको अध्यक्ष रहेको खुलेको छ । अपराधकर्मबाट जोगिन उनीहरू राजनीतिको ओत लागेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro