site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन् २०२४ ‘सबैभन्दा तातो वर्ष’

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)को एक रिपोर्टअनुसार सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ । हरितगृह ग्यासको स्तर रेकर्ड उच्च छ ।

समुद्री सतह बढ्दै र मौसमी घटना अत्यधिक रहेको विज्ञले बताएका छन् । संसारभरि जीवन र जीविकोपार्जनमा ठूलो क्षति भएको विज्ञको भनाइ छ ।

डब्ल्यूएमओका अनुसार, लामो र गम्भीर गर्मीको लहरले हरेक महादेशमा असर गरेको छ । गएको अक्टोबरमा विनाशकारी ‘दाना’ आँधीले स्पेनमा ठूलो क्षति गरेको थियो । २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

पोल्यान्ड, अस्ट्रिया, चेक रिपब्लिक र रोमानियाजस्ता देशहरूले पनि विनाशकारी बाढीको अनुभव गरे ।

विज्ञले युरोपमा बढ्दो चरम मौसम जलवायु परिवर्तनको बढ्दो प्रभावको चेतावनी संकेत भएको बताएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro