काठमाडौं । भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भारतका कथित ‘अर्बन नक्सल’ले महाराष्ट्रको विधानसभा चुनाव प्रभावित गर्न नेपालमा बैठक गरेको दाबी गरेका छन् ।
उनले आज विधानसभा बैठकमा महाराष्ट्रको विधानसभा चुनाव प्रभावित पार्न काठमाडौंमा १५ नोभेम्बरमा भारतका कथित ‘अर्बन नक्सल’ले बैठक गरेको दाबी गरेका हुन् ।
उनले नेपालमा बैठक भएको प्रमाण आफूसँग भएको पनि बताएका छन् । ‘अर्बन नक्सल’हरूले नेपालमा बसेर महाराष्ट्रको चुनाव प्रभावित पार्ने र सरकार अस्थिर बनाउनेबारे छलफल गरेको जानकारी आफूले गुप्चतर एजेन्सीबाट पाएको उनको भनाइ छ ।
महाराष्ट्रमा २० नोभेम्बरमा विधानसभा चुनाव भएको थियो । महाराष्ट्रको चुनावमा आतंकवादसँग जोडिएको रकम प्रयोग भएको हुन सक्ने आशंकमा प्रतिआतंकवाद टोलीले अनुसन्धान थालेको पनि उनले बताएका छन् ।
न्युज१८बाट ।