site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानसेनापति भारतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल भारतको भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्केका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा उनी मंसिर २६ गतेदेखि भारत भ्रमणमा रहेका थिए ।

प्रधानसेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

भारत भ्रमणमा रहँदा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित गरेकी थिइन् ।

प्रधानसेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । सोही अवसरमा उनले भारतीय सेनाको विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि अवलोकन गरेका थिए ।

“यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध थप सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण हुने विश्वास नेपाली सेनाले लिएको छ,” नेपाली सेनाद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro