site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्घटनामा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बोदेबरसाइन (सप्तरी) । जिल्लाको बोदेबरसाइन–सुभनपट्टी खण्डअन्तर्गत बोदेबरसाइन नगरपालिका–१०, खडकपुरमा स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मोटरसाइकलको पछाडि सवार खडक नगरपालिका–७, कल्याणपुर बस्ने अन्दाजी ३२ वर्षीय मोहम्मद कोराइस अलिको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुभनपट्टीबाट बोदेबरसाइनतर्फ आउँदै गरेको बीआर ०७ बीएबी ८१७२ नम्बरको भारतीय स्कारपिओले विपरीत दिशाबाट आएका मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका–११ का अन्दाजी वर्ष २४ का मो. सदाम गम्भीर घाइते छन् । उनको स्थानीय जीवनज्वति अस्पताल बोदेबसाइनमा उपचार भइरहेको तथा ठक्कर दिने स्कारपिओ इलाका प्रहरी कार्यालय बोदेबसाइनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । स्कारपिओका चालक फरार छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro