site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेल फाउन्डेसन र आईसीटी अवार्ड २०२४ बीच सहकार्य

काठमाडौं । एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित आईसीटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वको सम्मान गर्ने यो एक वार्षिक कार्यक्रम हो ।

योसँगै आईसीटी अवार्ड २०२४ मा एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरका रूपमा आबद्ध भएको छ । यो सहकार्यको उद्देश्य आईसीटीमा भएको विकासको प्रवद्र्धन, सूचना प्रविधि क्षेत्रमा महिलालाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका निम्ति हातेमालो गर्नु हो ।

नवौँ संस्करणको इन्ड्राइभ आईसीटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसनको ग्रान्ड फिनाले आउँदो पुस ५ गते हायात रिजेन्सी होटेल काठमाडौंमा आयोजना हुँदै छ । उक्त कार्यक्रममा डिजिटल विकासलाई बढावा दिँदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पुर्‍याएका संस्था, स्टार्टअप र व्यक्तित्वलाई १४ विधामा आईसीटी अवार्ड प्रदान गरिनेछ । 

“हामी आफैँ पनि विगत लामो समयदेखि यो क्षेत्रमा काम गरेर डिजिटल डिभाइडको ग्यापलाई घटाउन काम गर्दै आइरहेको संस्था हो । डिजिटल रूपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका सबै उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरूको सम्मान गर्ने यो अवार्डमा सहकार्य गर्न पाएकोमा खुसी छौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

सूचना प्रविधि क्षेत्रमा महिलाको सहभागिता बढाउन प्रोत्साहन गर्न एनसेलले विगत चार वर्षदेखि आईसीटी अवार्डमार्फत ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ समेत प्रदान गर्दै आएको छ । यो वर्ष पनि एनसेल फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका महिलाको सम्मानमा आईसस्टी अवार्डसँग मिलेर तीन लाख रुपैयाँ नगदसहित उक्त सम्मान गर्नेछ ।

एनसेल फाउन्डेसनले विशेष गरी शिक्षा, समुदायस्तरमा प्रत्यक्ष प्रभाव पार्ने कार्य, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यलगायत पहल अगाडि बढाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro