site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय वाणिज्य सहकारीको साधारणसभा सम्पन्न
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा आबद्ध कर्मचारीहरूद्वारा २४ वर्षअघि स्थापित राष्ट्रिय वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार काठमाडौंमा आयोजित साधारणसभाबाट सञ्चालक समितिका अध्यक्षको प्रतिवेदन र उपाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ ।

साधारणसभाबाट आउँदो चार वर्षका निम्ति सञ्चालक समितिको अध्यक्षमा पुनः उद्धवप्रसाद खनाललाई निर्विरोध निर्वाचित गरेको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा प्रभुदास न्यौपाने, सचिवमा उमेश शर्मा तिम्सिना, कोषाध्यक्षमा प्रभाकुमारी जोशी र सदस्यहरूमा रामप्रसाद भट्टराई, गणेशप्रसाद बस्याल, केशमाया जोशी, शैलेन्द्रकुमार थापा, कवीन्द्रप्रसाद पौड्याल, विहारीप्रसाद आचार्य र सीता बस्नेत थापालाई निर्विरोध चयन गरिएको निर्वाचन संयोजक वासुदेव खत्रीले जानकारी दिए ।

सभाबाट लेखा सुपरिवेक्षण समितिको संयोजकमा बद्रीप्रसाद पौड्याल र सदस्यहरूमा ममताकुमारी भुजेल र रामकुमार सिंहलाई चयन गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro