site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काठमाडौंले पोखरालाई ६ विकेटले हरायो, प्लेअफ सम्भावना कायमै

काठमाडौं । ओपनर स्टेफन एस्किनाजीको अर्धशतकप्रेरित काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जित्नैपर्ने खेलमा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाडौंको जितमा ओपरन स्टेफन एस्किनाजीले ६० रन बनाए । उनले ३४ बलमा १० चौका प्रहार गरे । एस्किनाजीले पहिलो विकेटका निम्ति माइकल लेभिटसँग ५.३ ओभरमा ५८ रनको साझेदारी गर्दै काठमाडौंलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । 

लेभिटले १८ बलमा ६ चौका र एक छक्कासहित ३२ रन जोडे । यस्तै, गेरहार्ड इरास्मसले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन थपे । भीम सार्कीले २० बलमा एक चौका र एक छक्कासहित २२ रन बनाए । कप्तान करण केसी एक रन बनाएर आउट हुँदा राशिद खान एक विकेटमा अविजित रहे ।

पोखराका विपीन खत्रीले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका विपीनले १९ रन खर्चिए । माइकल लियस्कको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३८ रनको योगफल बनाएको थियो ।

पोखराका रेमोन रेफरले सर्वाधिक ४१ रन बनाए । उनले ३० बलमा एक चौका र तीन छक्का प्रहार गरे । ओपनर दिनेश खरेलले ३८ रन बनाए । दिनेशले २५ बलमा ६ चौका र एक छक्का प्रहार गरे ।

दिलीप नाथले २४ बलमा दुई छक्कासहित २७ रन बनाए । यसबाहेक, पोखराका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

पोखराका अर्का ओपनर आन्द्रियस गौस ‘डक’ भए । कप्तान कुशल भुर्तेलले सात रन थप्दा विपीन खत्रीले चार रन बनाए । माइकल लियस्कले स्कोरबोर्डमा एक रनमात्र थपे । यस्तै, नारायण जोशी भने ‘गोल्डेन डक’ भए । 

पोखराविरुद्ध काठमाडौंका कप्तान करण केसी र राशिद खानले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका करणले २४ रनमात्र खर्चिए । यस्तै, गेरहार्ड इरास्मस र माइकल लेभिटको नाममा समान एक विकेट रह्यो ।

जितसँगै काठमाडौंले प्रतियोगिताको प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ  । प्रतियोगितामा ६ खेल खेलेको काठमाडौंले तीन खेलमा हार र तीन खेलमा जितको नतिजासहित ६ अंक नै जोडेको छ । 

काठमाडौंसँगको हारले पोखराको भने शीर्ष चारमा अटाउने सम्भावना निकै कमजोर बनेको छ । ६ खेलमध्ये दुईमा जित र चार खेलमा हार बेहोरेको पोखरा चार अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro