site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण एसिया आर्थिक सम्मेलनको निष्कर्ष : हरित वित्त दाताको आश्वासनमा मात्रै सीमित
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंमा तीन दिनसम्म चलेको १५औँ दक्षिण एसिया आर्थिक सम्मेलन २०२४ ले हरित वित्त विकसित मुलुक र दातृ निकायको आश्वासनमा मात्रै सीमित भएको निष्कर्ष निकालेको छ ।

बुधबार काठमाडौंमा सुरु भएको सम्मेलन शुक्रबार सम्पन्न भएको हो । दक्षिण एसियाली मुलुकहरू तथा बाहिरका प्रख्यात अर्थशास्त्रीहरू नीति–निर्माता तथा नागरिक समाजका अगुवाहरूले सम्मेलनभर ‘अनलिसिङ एन इक्विटेबल ग्रीन ट्रान्सफर्मेसन इन साउथ एसिया (दक्षिण एसियामा समतामूलक हरित रूपान्तरणको उजागर) भन्ने मूल विषयवस्तुमा केन्द्रित रहेर छलफल गरेका थिए ।

दक्षिण एसियामा दिगो र समावेशी विकास अघि बढाउन सम्मेलन फलदायी भएको आयोजक साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भोयरोमेन्ट (सावती)ले जनाएको छ ।

दक्षिण एसियाली मुलुकहरूले जलवायु परिवर्तनका जोखिमहरू, जोखिमसँग सामना गर्न हरित वित्तको न्यूनताको सामना गरिरहेको निष्कर्ष सम्मेलनले निकालेको छ ।

"औद्योगिक र व्यापार नीतिसँग जलवायु प्रतिकार्यको सामञ्जस्यता तथा बढ्दो भूराजनीतिक द्वन्द्वका साथै जलवायु परिवर्तनका कारण सिर्जित असमानताका बारेमा सरोकार राख्दछन् र यस क्षेत्रमा समतामूलक हरित रूपान्तरण उजागर गर्न सकिनेमा विश्वस्त छन्," सम्मेलनको निष्कर्ष छ ।

सम्मेलनका महत्त्वपूर्ण सत्रहरूमा जलवायु परिवर्तनका असरसँग जुझ्नका लागि हरित वित्त अत्यावश्यक रहेको र यो दलित, महिला तथा आदिवासी समेतका लागि समतामूलक हुनुपर्नेमा जोड दिइएको थियो । तर अत्यावश्यक ठाउँमा हरित वित्त पुग्न नसकेको सहभागीहरूको धारणा थियो । विश्व व्यापारका दिगो मापदण्ड, औद्योगिक नीतिमा पुनरावलोकन तथा दिगोपनामा आधारित मापदण्ड तयार गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

सम्मेलनको समापन सत्रलाई सम्बोधन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियामा जलवायु परिवर्तनजन्य जोखिमहरू बढ्दै गएको र यसले क्षति र असमानता बढाउँदै लगेको बताए ।

साना तथा मझौला उद्यमको हरित रूपान्तरणतर्फको संक्रमण र ठूला हरित पूर्वाधार विकासको आवश्यकतालाई उनले औल्याए । नेपालले जलिवद्युत ऊर्जाका क्षेत्रमा उत्साहपूर्ण काम गरेको बताउँदै उनले ऊर्जालगायत हरित क्षेत्रमा वित्तीय क्षेत्रको लगानी परिचालनका लागि ग्रीन ट्याक्सोनोमी जारी गरिसकेको जानकारी पनि दिएका थिए ।

सम्मेलनको उद्‍घाटनका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले क्षेत्रीय चुनौतीहरूलाई संवाद सहकार्य र कार्यमूलक उपायहरूद्वारा समाधान खोजिने बताएका थिए ।

सम्मेलनमा १६ सत्र सञ्चालन भएका थिए । दक्षिण एसिया आर्थिक सम्मेलन सन् २००८ देखि आयोजना गर्न सुरु गरिएको हो, जसले दक्षिण एसियामा विकासका चुनौतीहरूका विषयमा छलफल गर्ने मञ्चका रूपमा स्थापित भएको छ ।

वार्षिक रूपमा दक्षिण एसियाली देशहरूमा पालैपालो आयोजना गरिने यो सम्मेलनले यस क्षेत्रभित्र र बाहिरका प्रख्यात अर्थशास्त्रीहरू नीतिनिर्माता तथा नागरिक समाजका अगुवाहरूलाई सामेल गराउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २१:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro