site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपराष्ट्रपति यादव र चीनका ‘सीपीपीसीसी’सदस्य सुनबीच शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राजनीतिक सल्लाहकार निकाय ‘चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन’ (सीपीपीसीसी)का राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिस्ट संघका उपाध्यक्ष तथा सनचन होङफा र नानसान मन्दिरका मठाधीश यिन सुनले शिष्टाचार भेट गरेका छन् । उनीहरूबीच आज शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएको हो ।

उक्त अवसरमा शुभकामना आदानप्रदानपश्चात् नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, जनस्तरबीचको सम्बन्ध, द्विपक्षीय भ्रमण र सहयोगलगायत विषयमा महत्त्वपूर्ण छलफल भएको जनाइएको छ । उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक र घनिष्ट बन्दै गएको बताए । 

Dabur Nepal
NIC Asia

‘सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले आगामी वर्ष सन् २०२५ मा ७०औँ वर्ष पूरा गर्न लागेकोमा म अत्यन्तै हर्षित छु,” उनले भने, “हाम्रो मित्रवत् सम्बन्ध आपसी सद्भाव, मित्रता, पारस्परिक लाभमा आधारित छ ।” 

उपराष्ट्रपति यादवले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको बताए । “चौथो शताब्दीदेखि नै हाम्रा दुई देशबीच सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षुफा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले हाम्रो जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन पु¥याएको योगदानलाई म स्मरण गर्न चाहन्छु,” उनले भने, “नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकांक्षा पूरा गर्न महत्त्वपूर्ण आधारशीला प्रदान गरेको छ ।”  
    
‘पछिल्ला वर्षहरूमा नेपाल र चीनबीच संस्कृति, पर्यटन, नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार निर्माण, ‘कनेक्टिभिटी’, सूचना प्रविधिको विकासलगायत विकासका बहुआयामिक क्षेत्रमा गहन रूपमा आपसी सहयोग एवं सहकार्य भइरहेकोमा म खुसी व्यक्त गर्न चाहन्छु,” उनले भने, “नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेछ भन्नेमा म विश्वस्त छु ।” 

उक्त भेटमा सुनले प्रत्येक चिनियाँ भिक्षुहरूले लुम्बिनीलाई आफ्नो हृदयमा राखेको उल्लेख गर्दै यो पवित्रभूमिप्रति आफूसहित सम्पूर्ण चिनियाँ नागरिकको ठूलो आस्था रहेको बताए । 

“प्रत्येक वर्ष ७० हजार चिनियाँ नागरिकले लुम्बिनी भ्रमण गर्दछन् । लुम्बिनी विश्वविद्यालयलाई चिनियाँ वेबसाइटमा समेत सूचीकृत गरिएको छ,” उनले भने, “चिनियाँ मन्दिर लुम्बिनी विश्वविद्यालयका विद्यार्थीलाई चीनमा पढ्न जानका लागि व्यवस्थापन गर्दै आएको छ ।” 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro