site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योग वाणिज्य महासंघको कार्यसमितिमा महिला उपाध्यक्ष अनिवार्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाले सर्वसम्मत रूपमा विधान संशोधन गरेको छ । महासंघको विधान २०४९ मा गरिएको सातौँ संशोधनले संस्थागत विकासतर्फ महत्त्वपूर्ण निर्णय गरेको छ ।

महासंघको अध्यक्ष प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । कार्यकाल दुई वर्षको हुनेछ । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । नयाँ संशोधनअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने वार्षिक साधारणसभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन गर्नेछ ।

Dabur Nepal
NIC Asia

महासंघ कार्यकारिणी समितिमा तीनजना उपाध्यक्ष रहँदै आएकोमा पाँच पुर्‍याइएको छ । यसैगरी एकजना वरिष्ठ उपाध्यक्ष रहनेछ । वरिष्ठ उपाध्यक्षको चयन पनि कार्यकारिणी समितिले गर्नेछ । जिल्ला नगरतर्फ एक थप गरी दुईजना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

महिला उपाध्यक्ष अनिवार्य रहने व्यवस्था पनि गरिएको छ । महिला उपाध्यक्षलाई कार्यकारिणी समितिले चयन गर्नेछ । तर, यसका लागि कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य रहेको हुनुपर्ने व्यवस्था गरिएको छ । महिला उपाध्यक्षको सभापतित्वमा महिला उद्यमी परिषद् पनि महासंघमा गठन हुने व्यवस्था गरिएको छ ।

महासंघको नेतृत्व तहमा महिला सहभागिता बढाउन जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फ महिला सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरिएको छ ।

महासंघअन्तर्गतको नेपाल युवा उद्यमी फोरमका अध्यक्ष महासंघ केन्द्रीय कार्यकारिणी समितिमा पदेन सदस्यका रूपमा रहने व्यवस्था पनि नयाँ विधानमा गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro