site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलको आक्रमणमा ३३ प्यालेस्टिनीको मृत्यु

गाजापट्टी । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा  ३३ जना प्यालेस्टिनीको ज्यान गएको जनाएको छ । प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागहरूमा सहायता ट्रकहरू सुरक्षित गरिरहेका १२ गार्डसहित साे संख्यामा ज्यान गुमाएका हुन् । 

संयुक्त राष्ट्रसंघको महासभाले ध्वस्त क्षेत्रमा तत्काल युद्धविरामको आह्वान गरेको केही घन्टापछि पछिल्लो रक्तपात भएको हो । रफाहमा भएको आक्रमणमा सात र खान युनुसमा पाँचजना गार्ड मारिएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताए । 

“कब्जाले एकपटक फेरि सहायता ट्रकहरू सुरक्षित गर्नेहरूलाई लक्षित गर्‍याे,” आक्रमणमा अधिकांश बालबालिकासहित करिब ३० जना घाइते भएको भन्दै बासलले भने । 

इजरायली सेनाले दक्षिणी गाजाको मानवीय कोरिडोरमा उपस्थित सशस्त्र हमास लडाकूहरूमाथि ‘सटिक आक्रमण’ गरेको बताएको छ ।  

“मारिएका सबै आतंककारी हमासका सदस्यहरू थिए र उनीहरूलाई गाजाका नागरिकहरूसम्म पुग्नबाट रोक्न निरन्तर आतंकवादी गतिविधिको समर्थनमा हिंसात्मक रूपमा मानवीय सहायता ट्रकहरू अपहरण गरेर हमासलाई हस्तान्तरण गर्ने योजना बनाएका थिए,” सेनाले विज्ञप्तिमा दाबी गरेको छ । 

संयुक्त राष्ट्रसंघ र अन्य सहायता एजेन्सीहरूले गाजापट्टीमा १४ महिनाभन्दा बढी समयदेखि जारी युद्धले बढाएको गम्भीर मानवीय संकटबारे बारम्बार चेतावनी दिएका छन् । रासस/एएफपी
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro