site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी प्रदेशमा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना

काठमाडौं । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले भैरहवामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र र यसको डिजिटल प्लेटफर्मको उद्घाटन गरेका छन् ।

यो केन्द्रले युवा र कक्षा ८–१० का विद्यार्थीलाई वृत्ति छनोटमा सही निर्णय लिन, उचित वृत्ति मार्ग अपनाउन र समूहसत्र, व्यक्तिगत परामर्श तथा अनलाइन स्रोतका माध्यमबाट रोजगार बजारसँग जोड्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

प्रशिक्षित सहजकर्ता र दक्ष परामर्शदाताले यी सेवा प्रदान गर्नेछन् । माध्यमिक विद्यालयका शिक्षकहरूलाई विशेष गरी कक्षा–८, ९, र १० मा वृत्ति मार्गदर्शन सेवा प्रदान गर्न तालिम दिइने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

यो सेवा केन्द्र नेपाल र स्वीट्जरल्यान्ड सरकारहरूबीचको द्विपक्षीय सम्झौताबमोजिमको दिगो तथा सम्मानित रोजगारीका निम्ति सीप परियोजनाको सहयोगमा स्थापना गरिएको हो । यसलाई हेल्भेटास नेपालले प्राविधिक सहयोग प्रदान गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro