site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरविरुद्ध काठमाडौंले दियो १०२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनको योगफल खडा गर्‍याे ।

काठमाडौंका गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा दुई चौका र एक छक्कासहित १९ रन थपे । साहब आलम आठ रनमा अविजित रहे । ओपनर स्टेफन एस्किानजीले १९ बलमा दुई चौकाहित १७ रन जोडे । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

त्यसअघि काठमाडौंले ओपनर माइकल लेभिटलाई आठ र भीम सार्कीलाई चार रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । राशिद खानले सात, प्रतीक श्रेष्ठले ६ र राशिद खानले एक रन थपे । काठमाडौंका सुमित महर्जन र दीपेश कँडेल ‘डक’ भए ।

काठमाडौंविरुद्ध जनकपुरका ललितनारायण राजवंशीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका ललितले दुई मेडन फ्याक्दै आठ रनमात्र खर्र्चिए । उनले काठमाडौंका स्टेफन एस्किनाजी, सुमित महर्जन र प्रतीक श्रेष्ठको विकेट लिए । योसँगै ललित प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनले हालसम्म ६ खेल खेल्दा ११ विकेट लिएका छन् । उनलाई पछ्याइरहेका जनकपुरकै किशोर महतोले ६ खेलमै १० विकेट लिएका छन् ।

ललितबाहेक, शेर मल्लले पनि तीन विकेट लिए । ३.३ ओभर बलिङ गरेका शेरले ११ रनमा खर्चिए । र शेरले डान डाउथवेट, करण केसी र दीपेश कँडेलको विकेट लिए । मोहमद मोहसिनले दुई विकेट लिए । चार ओभर बलिङ गरेका मोहसिनले २० रनमात्र खर्चिए । उनले भीम सार्की र गेरहार्ड इरास्मसलाई पभेलियनको दिशा देखाएका थिए । 

यस्तै, किशोर महतो र अर्निको यादवले समान एक विकेट लिए । किशोरले माइकल लेभिट र अर्निकोले राशिद खानको विकेट लिएका थिए ।

प्रतियोगितामा आज जनकपुर पाँचौँ जितको लक्ष्यमा छ । जनकपुरले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध आठ विकेटको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो । पाँचौँ खेलमा भने जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनको हार बेहोरेको थियो ।

यता, काठमाडौं भने आज तेस्रो जितको खोजीमा छ । काठमाडौंले यसअघिका चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ । काठमाडौंले पहिलो खेलमा चितवन राइनोजविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा कर्णालीविरुद्ध तीन विकेटले पराजित भएको काठमाडौंले चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग पुनः ७३ रनको हार बेहोरेको थियो । चौथो खेलमा भने काठमाडौंले लुम्बिनी लायन्सविरुद्ध १८ रनको जित निकालेको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro