site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापान पठाइदिने भन्दै १० लाख ठगी
Tiktok banner adTiktok banner ad

काठमाडौं । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका–४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ मा बस्दै आएका ४५ वर्षीय विष्णु लोप्चनलाई गएको मंगलबार पक्राउ गरिएको हो ।

विष्णुले जापान पठाइदिने भन्दै एक पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro