site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिसो बढ्नेक्रम जारी, काठमाडौंको तापक्रम ३.९ डिग्री सेल्सियस
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । 

बुधबार बिहान यही समय काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस थियो । बुधबार बिहान पौने ९ बजे भने तापक्रम घटेर ३.९ डिग्री सेल्सियस पुगेको थियो । 

मौसम सफा हुँदै जाँदा तापक्रम पनि घटिरहेको छ । बादल नलागेर आकास खुला हुँदा तापक्रम घट्ने गरेको छ । 

काठमाडौंमा आज दिउँसो तापक्रम १७ देखि १९ डिग्री सेल्सियस हुनेछ ।

“काठमाडौंमा आज मौसम सामान्यतया सफा रहनेछ,” मौसमविद् सरोज पुडासैनीले भने, “केही भू–भागमा आंशिक बदली रहे पनि आज मौसम मुख्यतया सफा रहनेछ ।” 

गण्डकी र कर्णाली प्रदेशमा मौसम आंशिक बदली रहनेछ । बिहान तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको उनले जानकारी दिए । 

बिहानको समयमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवामा आंशिक प्रभाव पर्नसक्ने भन्दै जल तथा मोसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro