site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा नेपालका दुई जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । 

कोशी प्रदेशको संखुवासभा र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनले भने, “इन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति तथा सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय संखुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ ।”

गत भदौदेखि जसपा नेपालले आधारभूत संगठन निर्माणको चारमहिने अभियान सुरु गरेको थियो । यही मंसिर मसान्तसम्म सञ्चालन हुने भनी निर्धारण गरिएको अभियानको समयावधि थप हुनसक्ने सो पार्टीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro