site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
श्रीमतीले 'टर्चर' दिएपछि बेंगलुरुमा एआई इन्जिनियरले गरे आत्महत्या !

काठमाडौं । बेंगलुरुमा एक एआई इन्जिनियरले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । डिसेम्बर ९ मा ३४ वर्षीय अतुल सुभाषले एक घण्टा २० मिनेट लामो भिडियो र २४ पृष्ठको 'सुसाइड नोट' जारी गरेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अतुलले मृत्युका लागि श्रीमती निकिता सिंघानिया, सासु, सालो र काका ससुरालाई जिम्मेवार ठहर गरेका छन् ।

अतुलले उत्तर प्रदेशको जौनपुरका एक न्यायाधीशमाथि पनि गम्भीर आरोप लगाएका छन् । उनले आफ्नो सुसाइड नोटमा मुद्दा सुल्झाउने नाममा न्यायाधीशले पाँच लाख मागेको दाबी गरेका छन् । अतुलले आफ्नी श्रीमती र सासुले आत्महत्या गर्न भनेका पनि लेखेका छन् ।

अतुलको शव बेंगलुरुको मन्जुनाथ लेआउटमा रहेको उनको फ्ल्याटमा भेटिएको थियो । छिमेकीले घरको ढोका तोड्दा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो । कोठामा ‘जस्टिस इज ड्यू’ लेखिएको प्लेकार्ड भेटिएको थियो । अतुलका परिवारको उजुरीका आधारमा प्रहरीले अतुलकी श्रीमती र श्रीमतीका परिवारविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको छ ।

Dabur Nepal
NIC Asia

अतुलले एक्समा आफ्नो अन्तिम भिडियोको लिंक पोस्ट गरेका थिए । जहाँ उनले एलन मस्क र डोनाल्ड ट्रम्पलाई ट्याग गरेका छन् ।

अतुलले २४ पृष्ठको पत्रमा राष्ट्रपति द्रौपदी मुर्मुलाई पत्र पनि लेखेका छन् । यसमा उनले देशको फौजदारी न्याय प्रणालीका कमजोरीबारे लेखेका छन् । उनले पुरुषमाथि झुटा मुद्दा दायर गर्ने प्रवृत्तिको चर्चा गरेका छन् । अर्को नोटमा, उनले लेखेका आफ्नी श्रीमतीले दायर गरेका सबै मुद्दामा आफू निर्दोष रहेको जिकिर गरेका छन् ।

आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा अतुलले पूरै घटनाको विस्तृत विवरण दिएका छन् । उनले म्याट्रिमोनी साइटमार्फत म्याच भेटेपछि २०१९ मा विवाह गरेको उल्लेख गरेका छन् । अर्को वर्ष छोरा भएको उल्लेख छ ।

आफ्नी श्रीमती र श्रीमतीको परिवारले जहिले पनि आफूसँग पैसा माग्ने गरेको उनले पूर्ति गर्ने गरेको उनको भनाइ छ । उनले श्रीमतीको परिवारलाई आफूले लाखौँ रुपैयाँ दिएको र थप पैसा दिन बन्द गरेपछि श्रीमतीले २०२१ मा छोराको साथ बेंगलुरु छोडेको बताएका छन् ।

अतुलले आफूले छोराको हेरचाहका लागि मासिक ४० हजार रुपैयाँ दिने गरेकोमा अहिले श्रीमतील‍े बच्चा हुर्काउन मासिक चार लाखसम्म माग गरिरहेको बताएका छन् । उनले श्रीमतीले छोरालाई भेट्न र बोल्न पनि नदिएको बताएका छन् ।

आफ्नो श्रीमतीले १० लाख रुपैयाँ दाइजो मागेको आरोप लगाएका कारण बुवाको हृदयघातका कारण मृत्यु भएको अतुलको भनाइ छ ।

मुद्दा सल्टाउन तीन करोड माग !

अतुलका अनुसार, आफूविरुद्धको मुद्दा मिलाउन श्रीमतीले सुरुमा एक करोड रुपैयाँ मागेकी थिइन् । तर, पछि बढाएर तीन करोड मागिएको उनको दाबी छ । आफूले तीन करोडको मागबारे जौनपुरको पारिवारिक अदालतका न्यायाधीशलाई बताएको तर न्यायाधीशले पनि श्रीमतीलाई नै साथ दिएको उनको भनाइ छ ।

अतुलले आफूले न्यायाधीशसमक्ष देशमा धेरै पुरुषले झुटा मुद्दाका कारण आत्महत्या गरिरहेको तथ्य प्रस्तुत गरेको बताएका छन् । तर, श्रीमतीले 'तिमीले पनि किन आत्महत्या नगर्ने ?' भनेर बताएको उनले बताएका छन् । यो सुनेर न्यायाधीश हाँसेको उनको भनाइ छ ।

इन्डिया टुडेबाट ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro