site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाका नेताहरूसँग लिखित जवाफ माग

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ । 

न्यायाधीशद्वय विनोद शर्मा र  महेश शर्मा पौडेलको संयुक्त इजलासले आज रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो । 

Argakhachi Cement Island Ad

अनुसन्धानको चरणमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको विषयलाई जोडेर अदालतको अवहेलना हुनेगरी सार्वजनिक रूपमा अभिव्यक्ति दिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दायर गरेका थिए ।

निवेदनमा रास्वपाका केन्द्रीय पदाधिकारी समेतले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिकाबारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिकामाथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको थियो ।

अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोषिमा कार्की, सोविता गौतम लगायतलाई विपक्षी बनाइएको छ । सर्वोच्चले विपक्षी बनाइएका सबैसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २२:२८
प्रतिक्रिया दिनुहोस्