site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको उपनिर्वाचन समीक्षा : सहरी क्षेत्रमा अपेक्षाकृत परिणाम आएन

काठमाडौं । नेकपा एमालेले गएको मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समग्रतामा थप उपलब्धि हासिल गरेको निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले उपनिर्वाचनको परिमाणलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए । काठमाडौं–१६ र कीर्तिपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको भन्दै ज्ञवालीले सहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको उल्लेख गरे ।

“उपनिर्वाचनबाट थप उपलब्धि हासिल भएको छ । हामीले एउटा अध्यक्ष दुईवटा उपाध्यक्षसहित समग्रमा आठ स्थानमा जितेको छौँ तर यति हुँदाहुँदै पनि परिणामलाई गम्भीर रूपमा लिएका छौँ,” उनले भने, “खासगरी कीर्तिपुर नगरपालिका, त्यहाँका वडा र काठमाडौं महानगरपालिका–१६ मा जस्ता सहरी क्षेत्रमा हामीले जे अपेक्षा गरेका थियौँ, त्यो ढंगले परिमाण नआएकाप्रति हामी गम्भीर पनि भएका छौँ ।”

उपनिर्वाचनको परिमाणले सहरी जनमतसँग पार्टीलाई जोड्दै लैजाने बैठकले निष्कर्ष निकालेको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro