site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानसेनापति सिग्देल भारत प्रस्थान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल भारतको औपचारिक निमन्त्रणामा आज (मंगलबार) मित्रराष्ट्र भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणाका उनी भारत गएका हुन् ।  

उनले मंसिर २६ गतेदेखि मंसिर २९ गते सम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमण दलमा नौजना छन् । भारत प्रस्थान गरेका प्रधानसेनापतिलाई बलाध्यक्ष रथी प्रदीपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । 

प्रधानसेनापतिमा नियुक्त भएपश्चात् उनको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका दौरान प्रधानसेनापति सिग्देललाई मंसिर २७ गते भारतका राष्ट्रपतिबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सुशोभन गर्नेछन् । 

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीप जंग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् । प्रधानसेनापतिसहितको भ्रमण दल मंसिर ३० गते स्वदेश फिर्ता हुनेछ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro